वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा द्वादशी - २७
२ चैत, २०८२
साविकमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएका स्थानीय व्यापार ललितपुर जिल्ला अन्तर्गतका सम्पूर्ण फाईलहरु उद्योग तथा वाणिज्य कार्यालय ललितपुरमा आएको अवगत छ । यस लिष्टमा उल्लेखित फाइल बाहेक अन्य फाइलहरु वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको हुँदा आफ्नो फर्मको विवरण यस लिष्टमा भएको खण्डमा यस कार्यालयमा सम्पर्क गर्नुहोला अन्यथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाण्डौंमा गई सम्बन्धित व्यक्ति आफैले लिएर आउनु पर्नेछ । सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं ।