|
1
|
वाणिज्य प्रशासन/प्राईभेट फर्म दर्ता (५ लाख भन्दा बढी पूँजी भएको मात्र)
|
|
१. तोकिएको दस्तुर सहित अनुसूचि १ को ढाँचामा निवेदन वा अनलाईन प्रणाली https://online.doc.gov.np/onlineuser/Login मा गई भरेको आवेदन (हाल काठमाण्डौ, भक्तपुर र ललितपूरमा मात्र लागू),
२. पूँजीको स्रोतको हकमा स्वघोषणा पत्र,
३. व्यवसायी स्वयम् सक्कल नागरिकता सहित कार्यालयमा उपस्थित हुनुपर्ने,
४. प्रचलित कानून बमोजिम लिनुपर्ने अनुमति सिफारिस इजाजत पत्र,
५. साझेदारी फर्मको हकमा साझेदारीको सम्झौता, सबै साझेदारको २/२ प्रति फोटो र सक्कल नागरिकता सहित कार्यलयमा आफै उपस्थिति हुनुपर्ने,
६. कम्पनीको हकमा दर्ता प्रमाणपत्र प्रबन्धपत्र नियमावली शेयर लगतकम्पनी अद्यावधिक पत्रशेयरधनीको नागरिकताको प्रतिलिपीशेयर धनी वा संचालक समितिको निर्णयबाट तोकिएको अख्तियारवाला उपस्थित हुनुपर्ने ।
|
पुँजी अनुसार तोकिए बमोजिम
|
कागजात पुरा भएकै दिन (बढीमा ५ दिन)
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
None
|
कार्यालय प्रमुख
|
|
2
|
उद्योग दर्ता (5 लाख भन्दा बढी पूँजी भएको मात्र)
|
|
१. उद्योग दर्ता (ख) फाराम
२. २ प्रति फोटो र सक्कल नागरिकता लिई उद्यमी स्वय्म उपस्थित हुनुपर्ने
३. उद्योग रहने स्थानको लालपूर्जा वा भाडामा लिएको भए धनीसँगको घर/भाडा सम्झौता सहित लालपूर्जा वा स्थानीय तहमा तिरेको सम्पत्ती कर रसिद वा बिजुली/खानेपानीको बिल र धनीको नागरिकताको प्रतिलिपि
४. स्थानीय तहको सिफारिस (चारकिल्ला खुल्ने) उद्योगको प्रकृति र संवेदनशीलता अनुसार
५. प्रचलित एन नियम अनुसार सहमति/सिफारिस
६. कम्पनी हकमा दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र , नियमावली, शेयर लगत, कम्पनी अद्यावधिक पत्र, शेयरधनीको नागरिकताको प्रतिलिपि, शेयर धनी वा संचालक समितिको निर्णय (प्रमाणपत्रमा तस्बिर टाँसिने धनीको नाम छाप र अख्तियारबाला खुल्नु पर्ने) र अख्तियारबालाको परिचयपत्र
७. साझेदारीको हकमा साझेदार सम्झौत र प्रत्येक साझेदारको नागरिकताको सक्कल सहित उपस्थित र २/२ प्रति पोटो
८. वातावरण संरक्षण ऐन २०७६ मा तोकिएका उद्योगहरुमा स्वीकृत भएको संक्षिप्त वातावरणीय प्रतिवेदन IEE/EIA
|
पुँजी अनुसार तोकिए बमोजिम
|
कागजपत्र पूरा भएकोमा सोही दिन (बढीमा ५ दिन)
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
None
|
कार्यालय प्रमुख
|
|
3
|
पुँजी बृद्धि
|
|
१.पुँजी वृद्धि खुल्ने निवेदन,
२.परिवर्तन हुने विवरणको आधारमा तोकिए बमोजिम कागजातहरू,
३.कर चुक्ता प्रमाणपत्र,
४.वाणिज्य फर्ममा वृद्धि हुने पुँजीको स्रोतको स्वघोषणा, Bank Statement
५.२० लाख रूपैया वा सो भन्दा बढीको पुँजी भएको फर्मको हकमा लेखापरीक्षण सम्बन्धी प्रतिवेदन,
६.फर्म दर्ताको सक्कल प्रमाणपत्र (नवीकरण अद्यावधिक) कम्पनीको हकमा अख्तियारवाला र पुँजी वृद्धिको सम्बन्धी निर्णय सहित कम्पनी सम्बन्धी कागजातहरू,
७.आवस्यकता अनुसार स्वीकृत IEE वा EIA प्रतिवेदन,
८.आवश्यकता अनुसार कार्यालयको अनुगमन प्रतिवेदन
|
पुँजी अनुसार तोकिए बमोजिम
|
निवेदन दर्ता भएकै दिन
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
None
|
कार्यालय प्रमुख
|
|
4
|
विद्युत थप
|
|
१.विद्युत थप गर्नुपर्नाको कारण सहित निवेदन,
२.थप हुने मेसिन/उपकरणको क्याटलगस्पेसिफिकेशन,
३.आवश्यकता अनुसार कार्यालयको अनुगमन प्रतिवेदन
|
पुँजी अनुसार तोकिए बमोजिम
|
निवेदन दर्ता भएकै दिन
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
None
|
कार्यालय प्रमुख
|
|
5
|
नाम संशोधन वा नाम परिवर्तन
|
|
१.कारण खुलाइ निवेदन दिनुपर्ने वाणिज्यको हकमा Online बाट,
२.कर चुक्ता प्रमाणपत्र,
३.दर्ता प्रमाणपत्र (सक्कल) (नवीकरण भएको हुनुपर्ने),
४.कम्पनीको हकमा अख्तियारवाला र नाम संशोधन वा नाम परिवर्तन सम्बन्धी निर्णय सहित कम्पनी सम्बन्धी कागजातहरू
|
पुँजी अनुसार तोकिए बमोजिम
|
निवेदन दर्ता भएकै दिन
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
None
|
कार्यालय प्रमुख
|
|
6
|
फर्म ठाउँसारी/ स्थानान्तरण/शाखा थप/कारोबार थप/ठेगाना संशोधन
|
|
१.कारण सहित ठाउँसारी गरिपाउँ भन्ने रू 10को टिकट सहित निवेदन,
२.ठाउँसारी हुने स्थानको घर/जग्गा भाडा सम्झौता र कागजातहरू,
३.जिल्ला बाहिरको हकमा सम्बन्धित जिल्लाको घरेलु तथा साना उद्योग हेर्ने निकायको सहमति,
४.कर चुक्ता प्रमाणपत्र,
५.संक्षिप्त वातावारण प्रतिबेदन,IEE, EIA (तोकिएका उद्योगको हकमा मात्र) को स्विकृती,
६.सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुनुपर्ने
|
पुँजी अनुसार तोकिए बमोजिम
|
सोही दिन
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
None
|
कार्यालय प्रमुख
|
|
7
|
उद्देश्य परिवर्तन
|
|
१.रितपुर्वक भरिएको संशोधन गरिएको,
२.परिवर्तन हुने उद्देश्य अनुसारको उद्योगका लागि तोकिए बमोजिम कागजात
|
पुँजी अनुसार तोकिए बमोजिम
|
सोही दिन
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
None
|
कार्यालय प्रमुख
|
|
8
|
प्रमाण पत्रको प्रतलिपि
|
|
१.प्रतिलिपि आवश्यक पर्नुको कारण खुलाई रू.10 को टिकट सहितको निवेदन,
२.उद्योग नवीकरण अवधि कायम भएको हुनुपर्ने र
३.नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित अख्तियारवाला वा उद्यमी उपस्थित हुनुपर्ने
|
रु.५००
|
सोही दिन
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
None
|
कार्यालय प्रमुख
|
|
9
|
IEE का लागि TOR स्वीकृति (तोकिए बमोजिमका उद्योगहरूको हकमा लागू हुने)
|
|
१.दरखास्त फाराम,
२.प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची (TOR),
३.TOR तथा IEE तयार गर्ने विज्ञहरूको विवरण (बायोडाटा)
४.बिज्ञले उक्त TOR को कार्यालयमा प्रस्तुतिकरण गर्ने
|
None
|
कार्यालयले ३ कार्य दिनभित्र निर्देशनालयमा सिफारिस गर्ने
|
सम्बन्धित अधिकृत र कार्यालय प्रमुख
|
None
|
उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय
|
|
10
|
IEE को स्वीकृति (तोकिए बमोजिमका उद्योगहरूको हकमा लागू हुने)
|
|
१.स्वीकृत TOR,
२.स्थापना हुने स्थानमा राय सुझावका लागि १५ दिने सूचना प्रकाशन र सोको सूचना टास मुचुल्का,
३.राष्ट्रिय पत्रिकामा सूचना प्रकाशनको सक्कल प्रति
४.चार किल्ला खुल्ने गरी साँध संधियार सहितको उद्योग/व्यवसाय, खोल्ने अनुमतिको सर्जमिन,
५.सम्बन्धित स्थानीय तहको सिफारिस,
६.सार्वजनिक सुनुवाई र प्रतिवेदन, सुनुवाइमा निर्वाचित पदाधिकारीको अनिवार्य उपस्थिति हुनुपर्ने
७.सम्पूर्ण कागजात तथा प्रकृया पूरा गरी कार्यालयमा प्रस्तुतिकरण,
८.प्रस्तुतिकरणमा प्राप्त सुझाव/निर्देशन समेटी ४ प्रति IEE प्रतिवेदन पेश गर्ने
|
None
|
कार्यालयले ३ कार्य दिनभित्र निर्देशनालयमा सिफारिस गर्ने
|
सम्बन्धित अधिकृत र कार्यालय प्रमुख
|
None
|
उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय
|
|
11
|
फर्म खारेजी
|
|
१.फर्म खारेज/बन्द गर्नुपर्नाको कारण सहितको निवेदन वाणिज्यको हकमा Online बाट
२.कर चुक्ता प्रमाणपत्र, कुनै निकायबाट ऋण तथा दायित्व नलिएको स्वघोषणा वा प्रमाण
३.दर्ता प्रमाणपत्र सक्कल (नवीकरण भएको हुनुपर्ने),
४.नागरिकताको सक्कल प्रमाणपत्र सहित स्वयम् उपस्थित हुनुपर्ने,
५.प्रकृति अनुसार तोकिएका कागजातहरू (जस्तैः अदालतमा विचाराधीन भए धरौटीको प्रमाण)
|
नवेदन दस्तुर रु.१००
|
सोही दिन
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
None
|
कार्यालय प्रमुख
|
|
12
|
उद्योग/वाणिज्य फर्मको नवीकरण (सुरुमा ५ वर्ष र त्यसपछिको प्रति २ वर्ष साझेदारीको हकमा प्रतिवर्ष गर्नुपर्ने)
|
|
१.नवीकरण निवेदन वाणिज्यको हकमा Online गर्नुपर्ने,
२.फर्म दर्ताको सक्कल प्रमाणपत्र,
३.अधिल्लो आर्थिक बर्षको करचुक्ता प्रमाणपत्र (कर कार्यालयको सकारात्मक प्रतिक्रिया),
४.२० लाख रूपैया वा सो भन्दा बढीको पुँजी भएको प्राइभेट फर्मको हकमा लेखापरीक्षण सम्बन्धी प्रतिवेदन
|
पुँजी अनुसार तोकिए बमोजिम
|
निवेदन दर्ता भएकै दिन
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
None
|
कार्यालय प्रमुख
|
|
13
|
फर्म नामसारी शेयरधनी परिवर्तन
|
|
१.लिने दिने पक्ष स्वयम् कार्यालयमा उपस्थित भई संयुक्त निवेदन र नामसारी गरिलिनेको नाममा घर/जग्गा वा भाडाका
२.नामसारी/हकछोड (बिक्रीनामा मा नामसारी गरिदिने पक्षले कार्यालय समक्ष सनाखत)
३.कर चुक्ता प्रमाणपत्र र २० लाख माथिको पुँजीको हकमा लेखापरीक्षण प्रतिवेदन,
४.धनीको मृत्यू पश्चातको नामसारीमा मृत्यूदर्ता र हकवालाहरू खुल्ने नाता प्रमाणपत्र सहितको स्थानीय तहको सिफारिस,
५.दर्ता प्रमाणपत्र (सक्कल) (नवीकरण भएको हुनुपर्ने),
६.साझेदारीमा नयाँ साझेदारबीचको कबुलियतनामा,
७.कम्पनीको हकमा अख्तियारवाला र नामसारीको निर्णय,
८.शेयर दर्ता किताबकम्पनी अद्यावधिक पत्र
|
सुरु दर्ता बराबरको दस्तुर
|
None
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
None
|
कार्यालय प्रमुख
|