उद्योग तथा वाणिज्य कार्यालय ललितपुरमा हजुरहरुलाई स्वागत छ । उद्योग तथा वाणिज्य कार्यालयले उद्योग र व्यवसायीसँग प्रत्यक्ष सरोकारका कार्यहरु गर्ने गर्दछ।यस कार्यालयका माध्यमबाट घरेलु तथा साना उद्योग विकास तथा नियमन सम्बन्धी कार्यहरु सम्पादन गरिन्छ। उद्योग तथा वाणिज्य कार्यालयहरुले स्थानीय स्रोत साधनको प्रबद्धन गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न टेवा पुर्याउँछ। हाम्रो जस्तो भौगोलिक अवस्था भएको देशमा मझौला तथा ठूला उद्योगको तुलनामा लघु, घरेलु तथा साना उद्योगहरुको विकास गर्न सहज हुने देखिएकाले यस्ता उद्योगहरुको प्रबर्द्धन र विकासमा उद्योग तथा वाणिज्य कार्यालयको भूमिका अतुलनीय रहेको छ।
उद्योग तथा वाणिज्य कार्यालय ललितपुर, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत बागमती प्रदेशका १३ जिल्लाका उद्योग तथा वाणिज्य कार्यालयहरु मध्येको एक हो। यस कार्यालयको स्थापना वि.स २०४१ सालमा भएको हो। स्थापना कालमा ललितपुरको लगनखेलमा रहेको बटुक भैरवमा संचालनमा रहेको यस कार्यालय २०५० सालमा पाटन औद्योगिक क्षेत्रमा स्थानान्तरण भई हाल यसै स्थानबाट सेवा प्रवाह गर्दै आएको छ। जिल्लास्थित उद्योग तथा उद्योगीहरुको व्यवसाय विकासमा टेवा दिदै औद्योगिक प्रबर्द्धन गर्नु तथा सीप विकास तालिम र उद्यमशीलता विकास तालिम प्रदान गरी पिछडिएका र बेरोजगार युवाहरुलाइ आयआर्जनमा सहभागी गराउनु यस कार्यालयको प्रमुख लक्ष्य हो।
_gXS7VxfnM5_vwh9lru.jpg)