वाणिज्य प्राईभेट, साझेदारी, कम्पनी नयाँ फर्म दर्ता

Firm New Registration

वाणिज्य दर्ताको लागि चाहिने कागजजातहरुः

अनलाईन फर्म दर्ताको लागि doc.gov.np or icolalitpur.bagamati.gov.np Search गरी फर्म भर्नुपर्ने छ । प्रत्येक काम गर्दा अनिवार्य अनलाईन फर्म भर्नुपर्नेछ ।

प्राईभेट फर्म नयाँ दर्ताको लागिः

  1. नेपाली नागरिकताको सक्कल अपलोड गर्नुपर्ने र कार्यालयमा फोटोकपी र सक्कल दुवै ल्याउनुपर्ने ।
  2. हालसालै खिचाएको पासपोर्ट साइजको अपलोड र कार्यालयमा फोटो ३ प्रति ल्याउनुपर्ने ।
  3. भाडामा भए भाडा सम्झौता, लालपूर्जाको फोटोकपी, घर धनिको नागरिकताको फोटोकपी अपलोड र फोटोकपी कार्यालयमा ल्याउनुपर्ने ।
  4. स्वघोषणा फराम अपलोड र कार्यालयमा सक्कल ल्याउनुपर्ने ।
  5. पूँजी रु.१० लाख भन्दा माथि भएको हकमा बैंक स्टेटमेन्ट(Propritetor's Personal Account) कार्यालयमा सक्कल ल्याउनुपर्ने ।
  6. फर्मको प्रकृति अनुसार अनुमती/सिफारिस पत्र ।
  7. कम्पनीको हकमा कम्पनी दर्ता प्रमाण-पत्र, प्रबन्ध-पत्र, नियमावली, शेयर लगत, संचालक समितिको निर्णय आदि । 
  8. मनी चेन्जर (विनियम कारोवार) व्यवसाय दर्ताको लागि नेपाल राष्ट्र बैंकको अनुमती पत्र।
  9. मनी ट्रान्सफर व्यवसाय दर्ताको लागि नेपाल राष्ट्र बैंकको अनुमती पत्र वा अनुमती प्राप्त मनी ट्रान्फरको सव-एजेन्ट भई काम गर्ने सहमती प्राप्त गरेको हुनु पर्ने। सव-एजेन्टको हकमा नेपाल राष्ट्र बैंकको अनुमती प्राप्त मनी ट्रान्सफरको सव-एजेन्ट भई नेपाली रुपैयामा भुक्तानी गर्ने शर्त राख्ने ।
  10. ग्यासको खरिद बिक्रीको लागि नेपाल आयल निगमको सिफारिस वा स्थानीय तहको सिफारिस वा स्थानीय तहको दर्ता प्रमाण-पत्र पेश गर्नुपर्नेछ । 
  11. पेट्रोलियम पदार्थ खरिदबिक्रीको लागि नेपाल आयल निगमको सिफारिस पत्र।
  12. औषधी व्यवसाय दर्ताको लागि औषधी व्यवस्था विभागको सिफारिस पत्र ।
  13. कृषि जन्य वस्तु खरिद बिक्रीको हकमा सम्बन्धित विषय पढेको सटिफिकेट अपलोड र कार्यालयमा सक्कल ल्याउनुपर्ने ।​​​​

साझेदारी फर्म नयाँ दर्ताः

  1. नेपाली नागरिकताको सक्कल अपलोड गर्नुपर्ने र कार्यालयमा फोटोकपी र सक्कल दुवै ल्याउनुपर्ने ।
  2. हालसालै खिचाएको पासपोर्ट साइजको अपलोड र कार्यालयमा फोटो ३ प्रति ल्याउनुपर्ने ।
  3. भाडामा भए भाडा सम्झौता, लालपूर्जाको फोटोकपी, घर धनिको नागरिकताको फोटोकपी अपलोड र फोटोकपी कार्यालयमा ल्याउनुपर्ने ।
  4. स्वघोषणा फराम अपलोड र कार्यालयमा सक्कल ल्याउनुपर्ने ।
  5. पूँजी रु.१० लाख भन्दा माथि भएको हकमा बैंक स्टेटमेन्ट(Propritetor's Personal Account) कार्यालयमा सक्कल ल्याउनुपर्ने । 
  6. फर्मको प्रकृति अनुसार अनुमती/सिफारिस पत्र ।
  7. मनी चेन्जर (विनियम कारोवार) व्यवसाय दर्ताको लागि नेपाल राष्ट्र बैंकको अनुमती पत्र।
  8. मनी ट्रान्सफर व्यवसाय दर्ताको लागि नेपाल राष्ट्र बैंकको अनुमती पत्र वा अनुमती प्राप्त मनी ट्रान्फरको सव-एजेन्ट भई काम गर्ने सहमती प्राप्त गरेको हुनु पर्ने। सव-एजेन्टको हकमा नेपाल राष्ट्र बैंकको अनुमती प्राप्त मनी ट्रान्सफरको सव-एजेन्ट भई नेपाली रुपैयामा भुक्तानी गर्ने शर्त राख्ने ।
  9. ग्यासको खरिद बिक्रीको लागि नेपाल आयल निगमको सिफारिस वा स्थानीय तहको सिफारिस वा स्थानीय तहको दर्ता प्रमाण-पत्र पेश गर्नुपर्नेछ । 
  10. पेट्रोलियम पदार्थ खरिदबिक्रीको लागि नेपाल आयल निगमको सिफारिस पत्र।
  11. औषधी व्यवसाय दर्ताको लागि औषधी व्यवस्था विभागको सिफारिस पत्र ।
  12. कृषि जन्य वस्तु खरिद बिक्रीको हकमा सम्बन्धित विषय पढेको सटिफिकेट अपलोड र कार्यालयमा सक्कल ल्याउनुपर्ने ।

कम्पनी फर्म नयाँ दर्ताः

  1. नागरिकता सक्कल 
  2. पासपोर्ट साइज फोटो र सही 
  3. स्वघोषणा फराम अपलोड र कार्यालयमा सक्कल ल्याउनुपर्ने ।
  4. भाडामा भए भाडा सम्झौता, लालपूर्जाको फोटोकपी, घर धनिको नागरिकताको फोटोकपी अपलोड र फोटोकपी कार्यालयमा ल्याउनुपर्ने ।
  5. पूँजी रु.१० लाख भन्दा माथि भएको हकमा बैंक स्टेटमेन्ट(Propritetor's Personal Account or Business Account) कार्यालयमा सक्कल ल्याउनुपर्ने ।
  6. कम्पनी दर्ता प्रमाण-पत्र
  7. कम्पनी दर्ता चिठ्ठी
  8. प्रवन्धपत्र
  9. नियमावली
  10. अद्यावधिक
  11. शेयरलगत
  12. PAN दर्ता प्रमाण-पत्र
  13. करचुक्ता प्रमाण-पत्र
  14. माईनट

वाणिज्य फर्म दर्ता सम्बन्धी भिडियो ।

प्राईभेट रजिष्ट्रेशन फाराम (Print Both Side)

स्वघोषणा फाराम 

साझेदारी कबुलियतनामा (Print Both Side)

माथि उल्लेखित फारम तथा कागजपत्रहरु वाणिज्य विभागको आधिकारिक वेवसाइट Doc.gov.np  मा गइ अपलोड गर्नुपर्ने छ ।