A.D.:
Nepal Samvat: ११४५ वछलागा तृतीया - १८
१. उद्योग व्यवसाय स्थापना, विकास र प्रबर्द्धन गर्ने । २. परम्परागत सीप र प्रविधिको प्रबर्द्धन गर्ने । ३. दक्ष जनशक्तिको विकास गर्ने । ४. उद्यमशीलताको माध्यमद्वारा रोजगारीका अवसरहरू सिर्जना गर्ने । ५. गरिबी निवारणमा योगदान गर्ने ६. देशको औद्योगिक विकासमा टेवा पुरयाउने
उद्योग, व्यवसाय दर्ता, नवीकरण लगायतका उद्योग तथा वाणिज्य प्रशासन सम्बन्धी कार्य गर्ने । उद्यमशीलता विकास तथा सीप विकास र सीप अभिवृद्धि तालिमहरू सञ्चालन गरी नयाँ उद्यमी सिर्जना गर्ने । बेरोजगार युवा, युवतीहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्ने । औद्योगिक सुविधा तथा सहुलियत सिफारिश गर्ने । प्रारम्भिक वातावरणीय परीक्षण (IEE) का लागि सिफारिस गर्ने । उद्योगहरूलाई आवश्यक प्रविधि हस्तान्तरण गर्ने । उद्यमीका उत्पादन बिक्री प्रबर्द्धनका लागि विभिन्न मेला, प्रदर्शनीहरूमा निःशुल्क स्टलहरूको व्यवस्था मिलाइदिने । कोशेली घर निर्माण गर्ने । उद्योग अनुगमन गर्ने । बजार अनुगमन गर्ने ।
१. स्वदेशी श्रम, सीप, स्रोत उपयोग गरी उद्योगको विकास गर्ने । २. रोजगारीका अवसरहरू सिर्जना गर्ने । ३. परम्परागत कुटिर, लघु, घरेलु तथा साना हस्तकलाका उद्योगहरू संरक्षण तथा प्रबर्द्धन गर्ने । ४. उद्योग प्रबर्द्धनात्मक कार्यहरू गर्ने । ५. दीगो औद्योगिक विकासको लागि पहल गर्ने । ६. खुला बजार नीति अनुसार आन्तरिक बजार व्यवस्थापन, प्रतिस्पर्धा, प्रबर्द्धन, गुणस्तर, मूल्य निर्धारण, सिण्डिकेट तथा कार्टेलिङ्ग नियन्त्रण सम्बन्धी प्रचलित कानूनको पालना गर्न भूमिका निर्वाह गर्ने । ७. अत्यावश्यक वस्तु वा सेवाको सहज आपूर्तिका लागि कार्य गर्ने । ८. उपभोक्ता अधिकार र उपभोक्ता हित संरक्षण गर्ने ।
१. उद्यमशीलताको माध्यमद्वारा आर्थिक विकासमा टेवा पुऱ्याउनु। २. नवप्रवर्तन तथा स्टार्टअप उद्योगहरूलाई प्रबर्द्धन सरलिकरणका लागि नीतिगत सुधार र लगानी मैत्री वातावरणको सिर्जना गर्नु। ३. प्रतिस्पर्धी क्षमताको विकास र गुणस्तरीय वस्तु र सेवामा जोड दिनु। ४. स्थानीय सोतको पहिचान गरी लघु, घरेलु र साना उद्योगहरूको विकास गर्नु। ५. दक्ष जनशक्तिको विकास गर्नु । ६. तुलनात्मक लाभका क्षेत्रको पहिचान गरी निर्यातमुखी उद्योगहरू विकास गर्न प्रयत्न गर्नु । ७. कालाबजारी, कार्टलिङ्गलाई अन्त्य गरी सहज आपूर्ति गर्नु र वस्तु वा सेवालाई उपभोक्ता अधिकारका हितमा कार्यहरू गर्नु । ८. देशको आर्थिक विकासका लागि औद्योगिकीकरण गर्न प्रयत्न गर्नु ।