कर्मचारीको ICT क्षमता अभिवृद्धि तालिम
अब उद्योग प्रशासन(उद्योग दर्ता, नवीकरण, खारेजी, पूँजी वृद्धि तथा नामसारी) लगायतका कार्यहरू अनलाइन प्रणालीमार्फत घरमै बसेर गर्न सकिने भएको छ। उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयले असोजको पहिलो हप्ता देखि बागमती प्रदेश अन्तर्गतका १३ वटै कार्यालयमा लागु गरी अनलाइन माध्यमबाट उद्योग दर्ता हुने व्यवस्था गरेको छ ।